काठमाडौँ– नेपाल एट्रोनोमिकल सोसाइटी (नासो)ले छैटौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिता-२०२२ को नतिजा प्रकाशन गरेको छ। चैत १७ गते प्रतियोगिताको विजेताको नामका साथै चित्रकला पनि सार्वजनिक गरेको हो।
प्रतियोगितामा लुम्बिनी बर्ड स्कुलकी लीना गौतम विजेता बनेकी छन्। त्यस्तै क्रिएटिभ एकेडेमीकी समृद्धि श्रेष्ठ दोस्रो हुँदा नेक्सस एकेडेमीका सन्दीपजंग थापा र श्री सरस्वती मोडेल स्कुल खैरेनीटारकी लभ्ली जैसवाल तेस्रो भएका छन्। नासोले प्रत्युषराज शर्मालाई सान्त्वना पुरस्कार दिएको छ।
नासोले गत वर्षको अगस्टदेखि अक्टोबरसम्म प्रतियोगिता सञ्चालन गरेको थियो। आर्ट प्रतियोगितासँगै आयोजना भएको वक्तृत्वकला प्रतियोगिता (स्पेस स्पिच कम्पिटिसन)को पनि नतिजा सार्वजनिक भएको छ।
वक्तृत्वकलामा मदरल्यान्ड सकेन्डरी सकुलका हार्दिक पराजुली पहिलो, कालिका मानवज्ञान स्कुलका आशिष पन्थी दोस्रो र सेन्ट जेभियरका अतित अधिकारी तेस्रो भएका छन्। एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलका रुविना पाठकले सान्त्वना पुरस्कार जितेकी छन्।
यो प्रतियोगिताका निर्णायकमण्डलले सेन्ट जेभियर्सका आश्रिय पौडेललाई ‘जुरी चोइज अवार्ड’ प्रदान गरिएको नासोले जनाएको छ।

प्रतियोगितामा तृतीय बनेका लभ्ली जैसवालले बनाएको चित्र।

प्रतियोगितामा प्रथम बनेकी लीना गौतमले बनाएको चित्र।

प्रतियोगितामा द्वितीय बनेकी समृद्धि श्रेष्ठले बनाएको चित्र।

प्रतियोगितामा तृतीय बनेका सन्दीपजंग थापाले बनाएको चित्र।


