बारा- बारा जिल्ला पचरौता नगरपालिका-१ नजिककै नेपाल-भारत दसगजा क्षेत्रमा एक जनाको हत्या भएको छ।
पचरौता नगरपालिका-१ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो। धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका पूर्वसिपाहीसमेत रहेका सिंहको हत्या गरिएको अवस्थामा आइतबार राति शव फेला पारेको प्रहरीले जानकारी दिएको छ।
मृतकको शवमा टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट लागेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सिंहले ६ महिनाअघि मात्र प्रहरी सेवाबाट राजीनामा दिएका थिए।
हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनालाई नियन्त्रणमा लिइएको न्यौपानेले जानकारी दिए।
घटनाबारे भारतीय समकक्षी सुरक्षा निकायसित समन्वय गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
भारतीय र नेपाली मदिरा व्यापारीहरू मिलेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
