२०८३ कार्तिक ११ गते मङ्गलबार

त्रियुगा नगरपालिकाका तत्कालीन मेयर चौधरीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १०
ciaa

काठमाडौं- उदयपुर त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

खोलानालाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन उत्खनन् र बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा चौधरीसहित चार जनाविरूद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसँग एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ बिगो तथा कैद सजायको माग गरेको छ।

अख्तियार प्रवक्ता भोला दाहालका अनुसार चौधरीले ६२ लाख ९१ हजार २०४ रुपैयाँ बराबरको प्राकृतिक स्रोत साधन (ढुंगा, गिट्टी र बालुवा)को अवैध दोहनमा ठेकेदार कम्पनीलाई सघाएको आरोप छ।

अख्तियारले बिगोको दोब्बर जरिवाना माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको दाहालले बताए।

मुद्दा दायर भएका अन्यमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजश्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार छन्।

कार्की र ढकालविरूद्ध समान एक करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ बिगो माग गरिएको छ।

ठेकेदार बछारविरूद्ध ३६ लाख ८८ हजार ३५५ रुपैयाँ बिगो माग गरिएको प्रवक्ता दाहालले बताए।

आर्थिक वर्ष २०७८/७९ मा ढुंगा, गिट्टी, ग्राभेल, रोडा, बालुवा उत्खनन् तथा संकलनको ठेक्का लगाउँदा नगरप्रमुखसहितले मोटो रकम हिनामिना गरेको अख्तियारको दाबी छ।

उक्त आर्थिक वर्षमा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोसी नदीको नदीजन्य पदार्थ माटोबाहेकको प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन (आइइई) स्वीकृत गरिएको थियो।

त्रियुगा नगरपालिकाको नगरस्तरीय राजश्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण भएको थियो।

अनुसन्धानमा ढुंगा, ग्राभेल, बालुवा उत्खनन्, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम् अंक कायम गर्ने निर्णय गरी नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आइइई प्रतिवेदन अनुसारको अनुमानित राजश्व रकमसमेतलाई बेवास्ता गरिएको पाइएको अख्तियारले जनाएको छ।

मेयर र कर्मचारीले वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाएको पाइएको छ। उनीहरूले जम्मा राजश्व रकम ६२ लाख ९१ हजार २०४ रुपैयाँ हिनामिना गरेको र ठेक्का नै नभएको माटो (भरौटे-बलौटे) गैरकानुनी ढंगले उत्खनन् र बिक्री गर्न दिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

‘त्यो दुबै रकम जोडेर हुन आउने रकममा दोब्बर बिगो मागेर मुद्दा दायर गरिएको हो,’ दाहालले भने।

बछारले चौधरी, कार्की र ढकालसँगको मिलेमतोमा सम्झौताको सर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन्, बिक्री गरेको अनुसन्धानले देखाएको छ।

प्रकाशित: २०८० असोज १० गते बुधबार ०४:०६
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना