काठमाडौं- पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका पिएसओकी श्रीमतीमाथि गोली प्रहार भएको छ।
कोखामा गोली लागेर उनी सख्त घाइते भएको प्रहरी स्रोतले बताएको छ।
काठमाडौं पञ्चकन्यास्थित कोठामा प्रधानका पिएसओ प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीकी श्रीमतीको कोखामा गोली लागेको प्रहरीले बताएको हो।
बुधबार राति करिब पौने ९ बजे चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो।
गोली प्रहारबाट लक्ष्मणकी श्रीमती शर्मिला चौधरी गम्भीर घाइते भएकी छिन्। उनलाई अहिले उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।
‘गोली कसले हान्यो भन्ने खुलेको छैन,’ प्रहरी स्रोतले भन्यो, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
यसबारे विस्तृत विवरण आउन बाँकी छ।



