काठमाडौँ- चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्।
बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्।
कैलाश पर्वत र मानसरोवरको यात्राका क्रममा भ्रमण दलमा रहेका सदस्यहरू पनि सँगै रहने छन्।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए।
चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।


