काठमाडौं- सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार म.प्र.०४-००१ ज. ००६२ नम्बरको गाडी शुक्रबार बिहान ७:५० बजे बिपी राजमार्गमा दुर्घटनामा परेको हो।
उक्त गाडी सिन्धुली सुनकोसी गाउँपालिका-३ बोहोरेटारजनिक आफैं अनियन्त्रित भई सडकको बायाँतिरको नालीमा खसेको हो।
गाडी सिन्धुलीबाट काठमाडौंतर्फ गइरहेको थियो। चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका-८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते सबैलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको सिलवालले बताए।
घाइतेहरू सबै शिक्षक हुन्। उनीहरू राहत शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं हिँडेका थिए।
घाइतेहरूको विवरण :
१.जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४६ को निर कुमार चालिसे ( दुवै हात भाच्चेको शरीरको विभन्न भागमा चोट, अवस्था मध्यम, उपचारको लागी धुलिखेलतर्फ पठाईएको)
२. जिल्ला काभ्रे बनेपा न.पा. वडा नं.१० बस्ने बर्ष ४० की गार्की बस्नेत ( शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ,गर्भवति रहेकी,उपचारको लागी धुलिखेल)
३. जिल्ला सिन्धुली कमलामाई न.पा.५ बस्ने बर्ष ४६ को कमला घिमिरे ( बायाँ हात र ढाडमा चोट, अवस्था मध्यम , उपचार धुलिखेल तर्फ)
४. ऐ.तिनपाटन गा.पा. १० बस्ने बर्ष ४० को राजन कार्की ( दाहिने हात र बायाँ खुट्टा भाचेको, अवस्था मध्यम, उपचारको लागी धुलिखेल तर्फ)
५. ऐ. कमलामाई.न.पा. वडा नं. १ बस्ने बर्ष ३४ को मुकुन्द थापा (टाउकोमा चोट, अवस्था गम्भिर,धुलिखेल तर्फ)
६. ऐ.ऐ.वडा नं. १ बस्ने बर्ष ४१ को भुवन थापा ( टाउको र ढाडमा चोट ,अवस्था मध्यम, उपचारको लागी धुलिखेल तर्फ)
७. ऐ.ऐ. कमलामाई.न.पा. ४ बस्ने बर्ष ४० की बबिता देवकोटा ( अनुहारमा चोट ,अवस्था मध्यम ,धुलिखेल तर्फ)
८.ऐ.ऐ. वडा नं. ६ बस्ने बर्ष ४६ को बिष्णु ढकाल ( अनुहारमा चोट, अवस्था मध्यम,धुलिखेल तर्फ)
९. ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ११ को निश्चल ढकाल (अनुहारमा चोट, अवस्था मध्यम,धुलिखेल तर्फ)
१०. जिल्ला सिन्धुली कमलामाई.न.पा. ६ बस्ने बर्ष ४० को सरोज थापा( बायाँ खुट्टामा चोट, अवस्था सामान्य, उपचारको लागी धुलिखेल तर्फ)


