काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार सुरेशचन्द्र चालिसेले जानकारी दिएका हुन्।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यु पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पतालमा २०७९ चैत १८ को साँझमा भर्ना हुनुभएको छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।
राष्ट्रपति पौडेल अहिले चिकित्सकको निगरानीमा छन्।



