२०८३ कार्तिक १३ गते बिहिबार

सिटीविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १९
mac

काठमाडौं- इंग्लिस प्रिमियर लिगमा ठूला प्रतिद्वन्द्वी मानिएका लिभरपुल र म्यानचेस्टर सिटीबीच शनिबार राति भएको खेलमा लिभरपुल पराजित भएको छ। खेलको सुरुवाती चरणमै अग्रता बनाए पनि त्यसपछि लगातार चार गोल व्यहोरेसँगै लिभरपुलले सिटीको घरेलु मैदानमा ठूला हार बेहोरेको हो।

सिटीलाई जित दिलाउने क्रममा जुलियन अल्वारेजले २७औँ मिनेटमा गोल फर्काएर पहिलो हाफमा बराबरी गराएका थिए। त्यस्तै दोस्रो हाफमा केभिन डिब्रुएना, इल्के गुन्डोगन र ज्याक ग्रिलिसले गोल गरेका थिए।

यो जितसँगै एक खेल हातमै रहेको सिटी आर्सनलभन्दा आठ अंक पछि छ। यता लिभरपुल भने ४२ अंककासाथ आठौं स्थानमा कायम छ।

गएराति जित निकाले पछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हो, लिभरपुल। यो त्यस्तो टिम हो जसबाट अघि बढ्न निकै मुस्किल हुन्छ।’

गएरातिको खेलपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको बसोबास गर्ने क्षेत्रमा ढुंगा प्रहार भएको छ। यो हर्कतलाई तत्कालै म्यानचेस्टर सिटीले अस्वीकार्य काम भएको बताएको छ।

प्रिमियर लिगको गएरातिको अन्य खेलमा आर्सनलले लिड्सलाई ४–१ ले नै हराएको छ भने बर्नेमाउथले फुलहामलाई २–१ र नटम फरेस्टले उल्भसलाई १–१ ले हराएको छ।

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०८:०६
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना