काठमाडौँ- वैदेशिक रोगारीका लागि ‘दुबई पठाइदिन्छु’ भनी रु तीन लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नयाँ बानेश्वरबाट शुक्रबार पक्राउ गरेको हो।
भट्टराईले अजयकुमार महतोलाई तीन लाख रकम ठगी गरेका थिए।
भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


