काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतदानको कार्यक्रम सम्पन्न भएको छ।
एमाले बागमतीको प्रथम अधिवेशनमामा १ हजार १३३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।
अधिवेशनमा १ हजार १७४ प्रतिनिधिलाई मतदानको अधिकार थियो।
दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो।
मतदानको नतिजा आजै सार्वजनिक गर्ने तयारी भएको छ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन्।


