काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश समितिको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।
शुक्रबार भएको मतदानमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको समर्थन पाएका ढुंगेल अध्यक्षमा विजयी भएका हुन्।
ढुंगेलले ६९६ मत पाएका थिए। अर्का प्रत्यासी कृष्ण दाहालले ४३९ मत पाए।
उपाध्यक्षमा पनि ढुंगेल प्यानलकै दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भए। सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए। सिलवाल कृष्ण दाहाल समूहका हुन्।
त्यस्तै उपसचिव (महिला) मा दाहाल समूहकी भक्तकुमारी लामा र उपसचिव (पुरूष) मा ढुंगेल समूहका प्रेम महर्जन विजेता बने।





