काठमाडौँ- आइतबार दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकका लागि चारबुँदे दैनिक कार्यसूची तय भएको संसद सचिवालयले जानकारी दिएको छ।
सम्भावित सूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्नेछन्।
यसैगरी, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन सदनमा पेस गर्नेसमेत आजको कार्यसूचीमा चढेको छ।
समिति सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ माथिको दफाबार छलफलका प्रस्ताव पेस गरी छलफलपछि र आजै पारित गर्ने कार्यतालिका छ।



