२०८३ कार्तिक १५ गते शनिवार

सर्वोच्चले रोकेपनि सांसदले खोजे ७२ करोडको कार्यक्रम, मुख्यमन्त्रीको असन्तुष्टि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

पोखरा, असोज १३
72

पोखरा- चालु आवको बजेटमा प्रतिनिर्वाचन क्षेत्र (प्रदेशसभाका)मा २-२ करोडका दरले वितरण गर्ने घोषणा गरियो। यसका लागि सांसदहरुले छान्ने योजना भनियो।

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटले ७२ करोड बजेट विनियोजन गरेको छ। यो रकम खर्चेर पूर्वाधार विकासका कार्यक्रम गर्ने बजेटमा उल्लेख छ।

तर भदौ ६ गते सर्वोच्चले अन्तरिम आदेशमार्फत सांसदहरुले योजना छान्न पाउने, रकम खर्च गर्न पाउने निर्वाचन पूर्वाधारसम्बन्धी कार्यक्रम कार्यान्वयनमा रोक लगाइदिएको छ।

संघीय संसददेखि सातै प्रदेश सरकारलाई समेत लागु हुने गरी जारी भएको उक्त आदेशको संघीय सांसदहरुले पनि विरोध गरे। प्रदेशमा पनि विरोध भइरहेको थियो/छ।

सर्वोच्चको आदेशपछि उक्त कार्यक्रम के हुन्छ भन्ने अन्योल कायमै छ।

यसैबीच बिहीबारको प्रदेशसभामा एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आव २०८०/०८१ को बजेटमा राखिएको संसद विकास कोषजस्तै प्रकृतिको कार्यक्रम कार्यान्वयन प्रक्रिया कहाँ पुगेको भन्दै प्रश्न उठाएका थिए।

यो विषयमा गण्डकी प्रदेशसभामा पहिलोपटक प्रदेशसभामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भएको थिइ।

सोही कार्यक्रममा नेपालीले ७२ करोडको कार्यक्रमबारे मुख्यमन्त्रीलाई प्रश्न गरेका हुन्।
जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तरिम आदेशको पूर्णपाठ नआउँदासम्म कार्यक्रम कार्यान्वयनमा कठिनाइ हुने जवाफ दिए।

‘अन्तरिम आदेशबाट कार्यान्वयन नगर्नु भनेको छ। यसको अन्तिम टुंगो, मुद्दाको किनारा नलागेसम्म कार्यक्रम अगाडि बढाउन कठिनाई भएको छ,’ उनले भने। प्रदेशसभा सदस्य नेपालीलाई उनले दिएको जवाफ यत्ति हो।

तर, उनी रोकिएनन्। सर्वोच्च अदालतले कार्यपालिका र व्यवस्थापिकामाथि ठाडो हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे। ‘हाम्रो संविधानले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकारलाई निर्दिष्ट गरेको छ। न्यायपालिकाको अधिकारप्रति कार्यपालिकाले हस्तक्षेप गर्न सक्दैन। व्यवस्थापिकाको अधिकारमा पनि न्यायपालिकाले हस्तक्षेप गर्न पाउँदैन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘हामीले महसुस गरेका छौँ कि, सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको छ, मेरो विचारमा यो सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका माथिको ठाडो हस्तक्षेप हो।’

सर्वोच्चको निर्णयलाई आफूले स्वीकार गरेतापनि न्यायसम्पादन गर्दा सर्वोच्चले संविधान नहेरेको आरोप लगाए। संविधानलाई सिरानीमुनि थन्क्याएर सर्वोच्चले निर्णय गरेको उनले बताए।

‘निर्णय गर्दा सर्वोच्चले तर, हामी जुनजुन ठाउँमा आफूले नेतृत्व लिएर बसेका छौँ, हामीले आफ्ना निर्णयहरु गर्ने बेलामा एकपटक सबैले चाहे न्यायपालिकामा हामी बसौँ, चाहे कार्यपालिका वा व्यवस्थापिकामा बसौँ। संविधानलाई सिरानी राख्नैपर्छ, हेर्नैपर्छ, पल्टाउनुपर्छ, त्यसलाई सिरानीमा राख्ने मात्र होइन। त्यसलाई पल्टाएर निर्णय गर्नुपर्छ भन्ने कुरापनि म राख्न चाहान्छु,’ सर्वोच्च अदालतले उक्त आदेश गर्दा संविधान र ऐनको कुनै दफा र धारा उल्लेख गर्न नसकेको उनको भनाई छ।

सर्वोच्चको निर्णयलाई आफूले स्वीकार गरेतापनि न्यायसम्पादन गर्दा सर्वोच्चले संविधान नहेरेको आरोप लगाए।

‘मलाई विश्वास छ, यो अन्तरिम आदेशप्रति न नेपालको संविधानको कुनै धाराको बर्खिलाप भनेर कोट गरिएको छ, न नेपालको वर्तमान ऐनको बर्खिलाप भनेर कोट गरिएको छ। कुनै पनि न्यायसम्पादन गर्दाखेरि या त, संविधानको धारा बर्खिलाप हुनुपर्‍यो वा ऐनको बर्खिलाप हुनुपर्‍यो त्यो उल्टाउनको लागि,’ उनले भने। लोकतान्त्रिक व्यवस्थामा सर्वोच्चले संविधान र ऐन मिचेर कार्य गरेको उनले आरोप लगाए।

पूर्वाधार विकास कार्यक्रम आर्थिक ऐनसँग सम्बन्धित विषय भएको र राष्ट्रपतिले समेत फिर्ता गर्न नपाउने अवस्थामा सर्वोच्चले हस्तक्षेप गरेको उनको भनाइ छ। ‘हाम्रो संविधानमा के कल्पना गरेर लेखिएको छ भने, आर्थिक ऐन सम्बन्धि विधेयक राष्ट्रपतिले पनि फिर्ता गर्न पाउँदैनन्। अन्य विधेयकको सन्दर्भमा एकपटक पुनर्विचारको लागि संसदमा पठाउन सक्छन्। तर, अर्थ सम्बन्धि विधेयक राष्ट्रपतिले पनि फर्काउन सक्दैनन भनेपछि यसको महत्व बुझ्नुभएको होला,’ उनले भने।

गण्डकीमा ३६ वटा निर्वाचन क्षेत्र छन। हरेक क्षेत्रमा २-२ करोडका दरले बजेट विनियोजन गरिएको थियो। उक्त बजेटको सीमाभित्र रहेर उक्त क्षेत्रका प्रत्यक्ष र समानुपातिक सांसदले योजना छान्छन्।

गतवर्षको पूर्वाधार विकास कार्यक्रम कार्यविधि अनुसार प्रत्यक्ष सांसदले ६० प्रतिशत अर्थात् एक करोड २० लाख बराबरका योजना छान्न पाउँछन्। सोही निर्वाचन क्षेत्रका समानुपातिक सांसदले भने बाँकी रहेको ८० लाख अर्थात ४० प्रतिशत बजेट बराबरका योजना छान्न पाउँछन्। यही कार्यक्रमलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दसमेतको रिट निवेदनमा सुनुवाइ गर्दै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

‘संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था र सातवटै प्रदेशका व्यवस्थापिकाहरूको आर्थिक वर्ष २०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू/नगराउनू,’ आदेशमा भनिएको छ।

सर्वोच्चको उक्त आदेशको विरुद्धमा प्रदेशसभाका सदस्यहरु एकैठाउँमा छन। बिहीबार नै प्रदेशसभामा रोष्टममा उभिएर मुख्यमन्त्रीले जवाफ दिइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले समर्थन जनाएका थिए।

प्रकाशित: २०८० असोज १३ गते शनिवार ०४:४४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना