पाकिस्तानको निजी टीभी च्यानल ‘एक्सप्रेस’ न्युजको प्राइम टाइम टक शोका दौरान दुई अतिथीबीच भएको हात हालाहालको छोटो भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल छ। बहसकै दौरान दुई अतिथि लड्न थालेको भिडियोमा देखिन्छ।
यी दुई अतिथी पीएमएल एनका सिनेटर डा. अफनानुल्लाह खान र पीटीआईको कोर कमिटी सदस्य शेर अफजल खान मारवात (वकिल) हुन्।
यद्यपि, यो प्रत्यक्ष प्रशारण थिएन। गत बुधबार यसको रेकर्डिङ गरिएको थियो। भिडियो सामाजिक सञ्जालमा अपलोड हुनासाथ भाइरल भयो। धेरैले नेताहरुमाथि प्रश्न उठाए। केही प्रयोगकर्ताले प्रस्तोता जावेद चौधरीको शैलीबारे पनि प्रश्न उठाएका छन्।
यस घटनालाई रोक्न किन पर्याप्त कदम उठाइएन भनेर उनीहरुले प्रस्तोतालाई सोधेका छन् ।
के भएको थियो ?
पीएमएल एनका नेता डा. अफनानुल्लाह खान र इमरान खानको पार्टी पीटीआईका शेर अफजल खान मारवात दुवैले एक –अर्काको राजनीतिक नेतृत्वको चरित्रबारे प्रश्न उठाएका थिए।
बहस तातिदैं गएपछि प्रस्तोता जावेद चौधरीले यसलाई अतिरञ्जित नगर्न आग्रह गरिरहेका थिए। त्यहीबीच अफजल खान मारवातले आफ्नो सिटबाट उठेर अफनानुल्लाह खानलाई थप्पड हाने। यसपछि अफनानुल्लाह पनि प्रतिकारमा उत्रिए।

यस कार्यक्रमलाई टीभीमा पनि प्रशारण गरिएको थियो। तर, टीभीमा हात हालाहालको दृश्य देखाइएन। चौधरीको कार्यक्रममा हात हालाहाल भएको यो पहिलो घटना होइन।
जुन २०२१ मा पनि उनको कार्यक्रममा तत्कालीन पीटीआईका नेता फिरदौस आशिक अवान र पीपीपी नेता कादिर मडुखेलबीच हात हालाहाल भएको थियो।
के भन्छन् नेता?
शेर अफजल खानले प्रस्तोता जावेद चौधरीले उक्त घटनाबारे गलत जानकारी फैलाइरहेको आरोप लगाए। ‘उनी अफवाह फैलाइरहेका छन् कि मेरा प्रतिद्वन्द्दवी एक सुपरम्यान थिए। उनले यो बताउँदैनन् कि अफनान स्टुडियोबाट भागेका थिए र उनले नजिकैको एक कोठामा शरण लिए। म लगभग पाँचदेखि सात मिनेटसम्म स्टुडियोमै थिएँ। त्यसपछि मलाई उक्त हिस्सा काटिएको जानकारी दिइयो।’
बहस तातिदैं गएपछि प्रस्तोता जावेद चौधरीले यसलाई अतिरञ्जित नगर्न आग्रह गरिरहेका थिए। त्यहीबीच अफजल खान मारवातले आफ्नो सिटबाट उठेर अफनानुल्लाह खानलाई थप्पड हाने। यसपछि अफनानुल्लाह पनि प्रतिकारमा उत्रिए।
पीएमएल एनका सिनेटर डा. अफनानुल्लाह खानले आफुमाथि हमला भएको बताए।
‘ममाथि हमला गरियो। म अहिंसामा विश्वास गर्छु। त म नवाज सरिफको सिपाही हुँ। मारवातले जे गरे, त्यो पीटीआई र खासरी इमरान खानका लागि एउटा ठूलो सबक हो। उनले आफ्नो अनुहार देखाउन सक्ने छैनन्। ठूलो आकारको कालो चश्मा लगाउनुपर्ने छ।’
के भन्छन् सामाजिक सञ्जालका प्रयोगकर्ता?
पाकिस्तानमा यो भिडियो क्लिप भाइरल भइरहेको छ।
सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले घटनाको निन्दा गरेका छ। सोशल मिडिया प्लेटफर्म एक्समा प्रयोगकर्ता अहमदले भिडियो शेयर गर्दै लेखेका छन्, ‘टीभीमा बहस गर्दै दुई जन प्रतिनिधि।’
जोया हाशमीले लेखेकी छिन्, ‘हाम्रा नेताले कस्तो उदाहरण दिदैंछन्। यस्तो समयमा, जतिबेला उनीहरुले समाजको विभाजनलाई चिर्ने विषयमा सोच्नुपर्ने थियो। उनीहरु टीभी बहसमा लड्दैछन्। पाकिस्तानमा एकता जरुरी छ, राजनीतिक लाइन र विभाजन होइन।’
धेरैले यस घटनालाई ‘लज्जास्पद’ भनेका छन्।
प्रस्तोता के भन्छन्?
कार्यक्रम प्रस्तोता तथा एकंर जाभेद चौधरीले भन्छन्, ‘यो घटना निन्दनीय छ र यस्तो हुनुहुन्थेन। अचानक यस्तो घटना हुनेछ भनेर हामीले सोचेका थिएनौं। अचानक एउटा उठेर अर्कोसँग लड्न थाल्छ भनेर कसले सोचेको छ र ?’
उनले भने, ‘कुनै व्यक्तिको नियत जाँच गर्नसक्ने कुनै मेशिन अहिलेसम्म बनेको छैन। मैले अहिलेसम्म ३०७२ वटा शो गरें र यस्तो घटना दोस्रोपटक भयो। त्यसैले मेरै कार्यक्रममा मात्रै यस्ता हुन्छ भनेर दाबी गर्नुप पनि ठिक होइन।’



