काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।
साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
साथै कोसी, मधेस, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा चट्टाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
