काठमाडौं- यस वर्षको जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ।
यसैगरी, मदन पुरस्कार ऐंठन उपन्यासका लेखेक विवेक ओझालाई प्रधान गरिने भएको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले यस्तो निर्णय गरेको हो।
२०१२ मा स्थापित मदन पुरस्कार गुठीले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको थियो।
उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर परेका थिए।
जगदम्बा श्री पुरस्कार नेपालको एउटा प्रतिष्ठित साहित्यिक पुरस्कार हो। गुठीकी संस्थापिका रानी जगदम्बाकुमारीदेवी राणाको २०४५ साल साउन २९ गते निधन भएपछि गुठीकी संस्थापिकाको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले निधनको ४५ औँ दिन जगदम्बा श्री पुरस्कार विधिवत् स्थापना गरिएको हो।


