काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)का डाक्टरलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम रहेको प्रहरीले जनाएको छ।
डा. मनिष खड्कालाई कुटपिट गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई वृत्त गौशालामा राखिएको छ।
ओपिडीमा लाइनमा बस्नुपर्ने बताएपछि उनीहरूले खड्कालाई कुटपिट गरेका थिए।
कुटपिट भएपछि केएमसी अस्पतालका डाक्टर आन्दोलनमा निस्किएका छन्।


