काठमाडौं- सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मिर्चैया नगरपालिका-२ का ४० वर्षीय राजकुमार सदा र धनुषा जनकपुर उपमहानगरपालिका-२० का ५२ वर्षीय अनिल झा रहेका छन्।
सदाको प्रादेशिक अस्पताल सिरहा र झाको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेका अनुसा रना४ख ७१८७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो।
आइतबार दिउँसो साढे २ बजे राजविराजबाट जनकपुर जाँदै गरेको यात्रुबाहक बस पत्ती भाँचिएर गोलबजार नगरपालिका-९ मारुती सिमेन्टको फ्याक्ट्री अगाडि दुर्घटना भएको हो।
दुर्घटनामा २३ जना घाइते भएका छन्। उनीहरूको गोलबजार, लहान र मिर्चैयाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पत्ती भाँचिएपछि बस अनियन्त्रित भएर सडकबाट पल्टेको थियो।


