काठमाडौं- नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्।
आफ्नै सहकर्मी प्रहरी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पालले राजीनामा दिएका हुन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पालले राजीनामा दिएको बताए।
पालले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा गत जेठ १९ गते दुर्व्यवहार गरेको भन्दै एक महिला हवल्दारले उजुरी गरेकी थिइन्।
त्यसउपर प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो।
छानबिन समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालले राजीनामा दिएका हुन्। उनलाई गृह मन्त्रालयले यसअघि नै निलम्बन गरेको थियो।


