काठमाडौँ- उपचारमा संलग्न चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी/डाक्टरहरूले सोमबार पनि प्रदर्शन गरेका छन्।
मेडिकल कलेज अगाडि सडकमा पलेँटी बसेर डाक्टर तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्।
चिकित्सकमाथि हातपात गर्नेमध्ये एक जना अझसम्म पनि फरार रहेको भन्दै उनलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
दुई जना भने आइतबार साँझ नै पक्राउ परेका थिए।
आइतबार काठमाडौँ मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि हमला भएको छ।
चिकित्सकहरुमाथि हमला बढ्न थालेपछि हिजो शनिबार मात्र सरकार र चिकित्सकबीच भएकै भोलिपल्ट आइतबार फेरि अर्को हमला भएको थियो।
डायलाईसिस गर्न आएका बिरामी कुरुवाले डायलाईसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेको केएमसीका चिकित्सकको भनाइ छ।
चिकित्सकमाथि हातपात भएपछि केएमसीका चिकित्सकहरू विरोधमा सडकसम्म आएका हुन्।















