काठमाडौँ– एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्।
प्रधानमन्त्रीसँगको भेटका लागि एमसीसी सीईओ एलिस मंगलबार बिहान बालुवाटार पुगेकी हुन्।
भेटमा एमसिसी परियोजनाको कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले एक्समार्फत् जानकारी दिएको छ।
Chief Executive Officer of MCC H.E. Alice Albright paid a courtesy call on the Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal ‘Prachanda’ today. On the occasion, discussion was focused on various areas of Nepal-the United States cooperation including MCC projects. pic.twitter.com/sOY5ljad4H
— PMO Nepal (@PM_nepal_) October 3, 2023
यसअघि एलिसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्।
ओलीलाई भेट्न एलिस सोमबार साँझ एमाले पार्टी कार्यालय च्यासल पुगेकी थिइन्।
उक्त भेटमा पनि एलिसले एमसीसी परियोजना कार्यान्वयनका विषयमा जिज्ञासा राखेकी थिइन्।
ओलीले एमसीसी परियोजना सहमतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ।
एलिसले एमसीसी कार्यान्वयनको समयावधि अब एक वर्ष ११ महिना बाँकी रहेको स्मरण गराएकी थिइन्।
भेटमा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए।


