२०८३ कार्तिक १४ गते शुक्रबार

१५ शय्याको दरबन्दीमा ७२ शय्याबाट सेवा दिँदै मध्यबिन्दु अस्पताल

 |  रासस
Sanket

रासस

त्रिवेणी, असोज १६
midpoint

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालले १५ शय्याको दरबन्दीमा पनि ७२ शय्याबाट सेवा दिँदै आएको छ।

जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी थाल्नुअघि नै अस्पतालले ७२ शय्याबाट सेवा दिन थालेको हो।

जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यबिन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिए।

अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको उनको भनाइ छ।

‘हामी १५ शय्याको दरबन्दीमा चलेका छौँ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ,’ मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भने, ‘आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निकै मुस्किल भएको छ।’

उनका अनुसार १५ शय्याको अस्पतालका रूपमा स्वीकृत दरबन्दी ३१ जनाको मात्र छ। यसमध्ये हाल जम्मा १४ जना मात्रै जनशक्ति रहेका छन्।

हाल स्वीकृत शय्याको जनशक्ति पूरा गरी अस्पतालाई कम्तीमा सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने गरी स्रोत र जनशक्ति आवश्यक रहेको उनको भनाइ छ।

अस्पतालमा ज्यालादारी र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा कँडेलले उल्लेख गरे।

अस्पतालको भौतिक संरचनादेखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।

जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाप उल्लेख्य बढेको छ। विसं २०७७/७८ मा २२ हजार तीन सय ६१ जनाले सेवा लिएकामा गत आवमा ९० हजार सात सय ५६ जनाले सेवा लिएका छन्।

यो गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा सङ्ख्यामध्ये सबैभन्दा धेरै हो। बिरामीको चाप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उनको भनाइ छ।

प्रदेश सरकारले अन्य जिल्ला अस्पतालसरह व्यवहार गरेर मात्रै पनि मध्यबिन्दु जिल्ला अस्पतालको विकास हुन नसक्ने उनको भनाइ छ।

‘अन्य अस्पताल २०–२५ वर्षअघिदेखि सञ्चालनमा छन्, अहिले तिनीहरू सरह गर्दा भर्खर नयाँ अस्पतालले कसरी आफूलाई माथि उठाउने?,’ मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले भने, ‘गण्डकी प्रदेश सरकारले यस अस्पताललाई अन्य सरह पुर्याउन सकारात्मक विभेद गर्न आवश्यक छ।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरे अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउँछन्।

‘विसं २०७५ मा जिल्ला अस्पतालका रूपमा घोषण भएकामा पाँच वर्षसम्म १५ शय्याको जनशक्ति पूरा हुन सकेन। बिरामीको चाप बढ्दो छ, बाध्यताले शय्या थप गर्नुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ,’ उनले भने।

जनशक्ति कम हुँदासमेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरे बताउँछन्।

अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भए पनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरणलगायतको कमीले समस्या भोगिरहेको छ। जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: २०८० असोज १६ गते मङ्गलबार ११:१७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना