काठमाडौं- नेपालगञ्जमा कर्फ्यूका बीच नेपाली सेना परिचालन गरिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को ६ (२) अनुसार सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच हिंसा मच्चिएपछि प्रशासनले मंगलबार दिउँसो १ बजेबाट अनिश्चिकालका लागि कर्फ्यू आदेश जारी गरेको थियो।
‘स्थानीय प्रशासन ऐन अनुसार सेनाको सहयोग लिन सकिने भएकाले परिचालन गरिएको हो,’ उनले भने।
अहिले नेपालगञ्जको स्थिति नियन्त्रणउन्मुख रहेको उनले बताए।
केही दिनयता त्यहाँ हिन्दु र मुस्लिम समुदायबीच तनाव भइरहेको छ।
स्थिति नियन्त्रणमा लिनका लागि नेपालगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


