नेपालगञ्ज- मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यूको आदेश जारी गरिएको छ।
बाँके प्रशासनले कर्फ्यू लगाएपछि मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन्।
धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगञ्ज अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छ।
भारतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरुलाई भने सुरक्षाकर्मीले स्कटिङ गरी गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए। कर्फ्यूपछि सुरक्षा अवस्था सुधारोन्मुख रहेको उनको भनाइ छ।
एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाहरुबीच विवाद उत्पन्न भएको थियो। 










तस्बिर : नेपाल फोटो लाइब्रेरी


