२०८३ कार्तिक १३ गते बिहिबार

ओझेलमा मुस्ताङको पाँच शताब्दी पुरानो छैरो छहरा गुम्बा

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत १९
Gharpajong gaunpalika ko gharpojang killa

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँस्थित छैरो छहरा गुम्बा ओझेलमा परेको छ। पाँच शताब्दी पुरानो धार्मिक तीर्थस्थल उक्त गुम्बा प्रचारप्रसारको अभावमा गुमनाम बनेको छ।

बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको घरपझोङ–२ मार्फाको पारिपट्टि अवस्थित उक्त गुम्बा हालसम्म सडक सञ्जालसित जोडिएको छैन। धार्मिक आस्था र विश्वासकै कारण यहाँ बर्सेनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका स्थानीयवासी बताउँछन्। यहाँ झण्डै ५० परिवारको बसोबास छ।

छैरो छहरा गुम्बा मुस्ताङकै पुरानो हो। भौगोलिक विकटताका कारण सो गुम्बा ओझेलमा परेको छ। त्यसैले यसको उन्नयन हुन नसकेको स्थानीय सोमप्रसाद शेरचन बताउँछन। “आर्थिक अवस्था कमजोर यहाँका बासिन्दा रोजगारका लागि अन्यत्र जाने गरेका छन्”, उनले भने। स्थानीयको बसाइँसराइका कारण गुम्बाको संरक्षण हुन सकेको छैन। गाउँको पनि विकास हुन नसकेको शेरचन बताउँछन।

पछिल्लो समय गुम्बाको महत्वलाई बुझेर यसको संरक्षण र विकासमा चासो बढेको छ। “वर्षौँअघि देव (लामा) नृत्य गरिएको थियो”, उनले भने। केही वर्षयता पछिल्ला स्थानीय तह, प्रदेश र सङ्घले पूर्वाधार निर्माणमा सहयोग गर्दैआएका छन्। गुम्बामा पाँच शताब्दी पुराना वास्तुकला, भगवान् गौतमबुद्धका मूर्ति रहेका छन्। गुरु रिन्पोन्छेको विशाल मूर्तिले गुम्बाको गरिमा र महत्व बढाएको छ। गुम्बाको वरिपरिको क्षेत्र धूपीका रुखले ढाकिएको छ।

स्थानीय र प्रदेश सरकारले छुट्याएको बजेटबाट यहाँ गुम्बालगायत संरचना पुनःनिर्माण गरिएका छन्। गुम्बाको ऐतिहासिक पक्षको प्रचारप्रसार गर्न सके मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने यहाँका बासिन्दा बताउँछन्। गुम्बाको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। गुम्बाका लामा रामु थकाली पछिल्लो समय बौद्ध धर्मावलम्बीको आगमनमा वृद्धि हुँदै गएको बताउँछन।

छैरोकापूर्व गाउँका मुखिया कृष्णबहादुर गौचनका अनुसार यहाँ घ्यल्बो पूजा र गाउँको रक्षाको कामना गर्दै प्रत्येक तीन/तीन वर्षमा ऋनन्जी पूजापाठ हुने गरेको छ। छैरो छहरा गुम्बा वैशाख पहिलो सातादेखि मङ्सिर महिनाभर पूजापाठका लागि खुला हुन्छ। घरपझोङ–१ छैरोका वडाध्यक्ष आशबहादुर थकालीका अनुसार गुम्बा करिब २० रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: २०७९ चैत १९ गते आईतबार ०५:३६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

क्षणिक सुख दुःखदायी हुन्छ

एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए- अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ। यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो। त्यतिखेर अङ्गुलिमालको...

फेरि घट्यो हवाई भाडा, कहाँ जान कति लाग्छ? [सूचीसहित]

काडमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाइ भाडा घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको भाडा १४ रुपैयाँले घटाएपछि प्राधिकरणले हवाई भाडा समायोजन गर्दै नयाँ भाडादर सार्वजनिक गरेको...

बीचबाटोबाटै काठमाडौँ फर्काइयो बुद्धको जहाज

६२ जना यात्रु बोकेर उडेको जहाजलाई सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना