काठमाडौँ- काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्काइएको छ।
६२ जना यात्रु बोकेर उडेको जहाजलाई सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ। जहाज यु-४१३३ को इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको बुद्ध एयरले जनाएको छ।
अहिले प्राविधिक टोलीले जहाजको जाँच गरिरहेका छन्। यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी गरिएको बुद्ध एयरले जानकारी दिएको छ।


