काठमाडौं – भक्तपुरमा कार र मोटरसाइकल जुध्दा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेका ५८ वर्षीय योगराज बराल छन्।
बागमती प्रदेश ०२-०४१प ३३१९नं. को मोटरसाइकल र गरेको बा५च २०४९ नम्बरको कार जुध्दा पैदलयात्री बरालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
बिहान साढे ६ बजे मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरामा कार र मोटरसाइकल ठोक्किएका थिए। त्यसक्रममा अनियन्त्रित भएर कारले पैदलयात्री बराललाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा ७ बजे मृत्यु भएको थियो।
मोटरसाइकल र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


