काठमाडौं – नेपाली सेनाको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१३ ताहचलकी ३२ वर्षीया आकृति शर्मा रहेकी छिन्।
जिल्ला प्रहरी परिर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार राष्ट्रिय सभागृहनजिकै ट्रकले बिहीबार बेलुका स्कुटरलाई ठक्कर दिएको हो।
प्र.३-०१-००१ग३७०५ नम्बरको ट्रकले शर्मा सवार बा.प्र. ०२-०१८-प ९२७७ नम्बरको स्कुटरलाई बेलुका ७:३५ बजे ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी शर्मालाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


