२०८३ कार्तिक १५ गते शनिवार

गण्डकी पदाधिकारीमा ‘क्लिनस्विप’ गरेपछि पीएस भन्छन्- समाजवादी मोर्चा एमालेविरुद्ध छ, कामै छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
ps gurung

पोखरा- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादी मोर्चाको औचित्य नरहेको बताएका छन्।

एमाले गण्डकी प्रदेश कमिटीका निर्वाचितलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले यस्तो बताएका हुन्। उनले समाजवादी मोर्चा एमालेविरुद्ध बनाइएको समेत जिकिर गरे।

नवनिर्वाचित नेतृत्वले एमाले विरोधी मोर्चाको औचित्य छैन भनेर तलसम्म सन्देश लैजानुपर्ने उनको भनाई छ।

‘समाजवादी मोर्चाको नाममा वामपन्थीहरु मिलेर बनाएको भनिएको मोर्चा सम्पूर्ण रुपमा एमालेविरुद्ध परिचालित छ,’ उनको जिकिर छ, ‘हामीले एमाले भन्दा अर्को लोकतान्त्रिक र बामपन्थी पार्टी छैन र त्यो भन्दा बाहिर रहेर हुँदैन भन्ने प्रमाणित गर्नुपर्नेछ।’

एमाले गण्डकी प्रदेश समितिको पदाधिकारीमा गुरुङ पक्षीय समूहले क्लिनस्विप गरेपछि गुरुङको प्रतिक्रिया प्रखर भएको हो। उनले अब पार्टीमा प्रतिस्पर्धाको प्रक्रिया सकिएर उन्नतस्तरको एकता प्रक्रिया शुरु भएकोसमेत दाबी समेत गरे। चुनाव भएपछि पाटी फुटिहाल्छ र सर्वसम्मत गरेपछि पार्टी निरंकुश हुन्छ भन्ने दुवै कुरा गलत रहेको उनको भनाइ छ।

परिस्थिति अनुसार चुनावी प्रक्रिया र सर्वसम्मतिको महत्त्व रहने उनले धारणा गुरुङको छ।

‘हाम्रो पार्टीभित्र दुई खाले गलत धारणा छन्। चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत हुन्,’ उनी थप्छन्, ‘एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी हो, अब चुनावबाट नयाँ नेतृत्व चयनसँगै हामी एकजुट भइसकेका छौँ। हमेशा चुनाव र हमेशा सर्वसम्मत दुवै ठिक होइनन्।’

एमाले सधै लोकप्रिय हुनुको कारण यसमा रहेको आन्तरिक लोकतन्त्र नै प्रधान रहेको उनको जिरह छ। एमालेसँग लोकतान्त्रिक प्रक्रियाका विषयमा अरु पार्टीको तुलना हुनै नसक्ने उनको भनाइ छ।

मिसन २०८४ लाई मध्यनजर गरेर पार्टीको आन्तरिक जीवनलाई मजबुद्ध बनाउने चुनौती एमालेमा रहेको धारणा राख्दै उनले एमाले कमजोर रहँदा स्वाधिीनताको आन्दोलन र समृद्धिको अभियान अलपत्र पर्ने बताए।

कार्यक्रममा पार्टी सचिव तथा गण्डकी इञ्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापा लगायतले बोलेका थिए।

शुक्रबार सबेरै सार्वजनिक नतिजामा नेकपा (एमाले) गण्डकी कमिटी अध्यक्षमा पिएस समूहका नवराज शर्मा विजयी भएका छन्।

उनले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ ल्याए। अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन्। खगराज पार्टी अध्यक्ष केपी ओली सन्निकट मानिन्छन्।

उपाध्यक्षमा मीनबहादुर गुरूङले ५ सय ३४ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी बाबुराम बिश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे।

सचिवमा धनञ्जय दवाडी ५ सय २० मत ल्याएर दोहोरिँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले ३ सय ७६ मत ल्याए ।

उपसचिवमा दामबहादुर बिश्वकर्माले ४९९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरे।

महिला उपसचिवमा मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मीना गुरूङले ३ सय ६५ मत प्राप्त गरिन्।

पदाधिकारीमा उपमहाचिव गुरूङको सेट नै निर्वाचित भयो।

कुल ९ सय ७ मतदातामध्ये ८ सय ९६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत थापा मगरले बताए। ३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भएको थियो।

१ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवारी कायम भएको थियो। ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

एमाले गण्डकीमा उपमहाचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै प्यानल थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए उम्मेदवारी रद्द गर्नेसम्मको चेतावनी दिएका थिए। त्यसका बाबजुद उनी पक्षीय नेताहरूले नै प्यानल नै बनाएर उम्मेदवार मैदानमा उतारेका थिए।

एमाले गण्डकीमा एमालेका पदाधिकारी तहका नेता नै विभाजित देखिएका थिए। महासचिव शंकर पोखरेलको साथ स्थायी कमिटी सदस्य खगराज अधिकारीले बनाएको केन्द्रीय सदस्य मायानाथ अधिकारीको समूहलाई थियो।

उपमहासचिव गुरूङको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरू थिए।

महासचिव पोखरेल खगराजको पक्षमा उभिँदा प्रदेश अध्यक्षलगायत पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो।

प्रकाशित: २०८० असोज १९ गते शुक्रबार ०६:२३
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना