२०८३ साउन १३ गते बुधबार

सदनमा वर्षमानले भने- देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
barshaman_pun

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे । संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकामा धन्यवाद दिनुपर्ने भन्दै पुनले कतिपय त्रुटीलाई छलफल र संशोधनमार्फत सच्याएर परिस्कृत कानून निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। ‘सरकारले ढिलो भए पनि विद्यालय शिक्षा विधेयक संसदमा ल्याएकोमा धन्यवाद दिन चाहन्छु’, पुनले भने, ‘संविधाको मुल सैद्धान्तिक मर्म भनेको हामीले यस्तो राष्ट्रिय जनशक्ति उत्पादन गरौं, जसले देशलाई समाजवादतिर लिएर जान सकोस्। वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक यार पार्ने शिक्षाको कुरा हो। त्यस प्रकारको शिक्षाको प्रिन्सिफल वा सिद्धान्ततिर संधिानले दिशानिर्देश गरेको छ।’

सरकार स्वयंले शिक्षकसहित सरोकारवालासँग विधेयकमा भएका कमजोरीलाई सार्वभौम संसदमार्फत सच्याएर सबैको भावना समेटिने गरी कानून बनाउने प्रतिबद्धता जनाएको भन्दै उनले विधेयकमा पर्याप्त छलफल र परिमार्जन जरुरी रहेको औंल्याए। विधेयकका कतिपय व्यवस्था संघीय प्रणाली अनुकुल नभएको भन्दै उनले संशोधनमार्फत परिमार्जन गरिनुपर्ने बताए। ‘हामीले राज्य प्रणालीमा पर्याप्त परिवर्तन गरेका छौं। त्यो भनेको संघीय स्वरुप हो। संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय पुगेका छैनन्। छलफल र संशोधनमार्फत परिमार्जन गरेर जानुपर्छ’, उनले भने। शिक्षा राज्यको दायित्व भएकामा जोड दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले राज्य एक्लै भन्दा पनि शिक्षक र अभिभावकसहित विभिन्न सरोकारवाला पक्षसँग सहकार्य गरेर जानुपर्ने जनाए। आन्दोलन गरेका शिक्षक, अभिभावक, प्रदेश र स्थानीय तहका सरकार लगायतका आवाज समेटेर संशोधनसहित विधेयक पारित गर्न सबैलाई आग्रह गरे।

प्रकाशित: २०८० असोज १९ गते शुक्रबार ०६:३२
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना