जनकपुर- मधेस प्रदेशमा सातौंपटक मन्त्रिपरिषद विस्तार भएको छ।
अघिल्लो मन्त्रिपरिषद विस्तार क्रममा जिम्मेवारी खोसेर बिनाविभागीय मन्त्री बनाइएकी जनता समाजवादी पार्टी (जसपा) प्रदेश सभा सदस्य सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रीमा नियुक्त गरिएको हो। जनमत पार्टीको भागमा रहेको शिक्षा तथा सामाजिक कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाइएको हो।
शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको छ। जनमत पार्टीका महेश यादव उक्त मन्त्रालयका मन्त्री छन्।

