काठमाडौं- सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
आइतबार बिहान ४:४० मा तनहुँ म्याग्दे गाउँपालिका-६ तुरतुरे मौरीबजारस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो गएको हो।
प्रहरीका अनुसार पहिरो जाँदा सडक पूर्णरुपमा बन्द भएको छ।
पहिरो हटाउन विपद व्यवस्थापन प्रहरी जनशक्ति, स्थानीय पालिका र चिनियाँ कम्पनीसँगको सहकार्यमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
