२०८३ कार्तिक १२ गते बुधबार

‘वान एक्स बेट’बाट यसरी पुगेको रहेछ रसिया २४ करोड

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, असोज २१
Pintu

काठमाडौं- दमक नगरालिका-१२ झापाका ३० वर्षीय पिन्टुकुमार साह किराना पसलका सञ्चालक हुन्।

गत असारमा ‘वान एक्स बेट’का नेपाली एजेन्ट दिनेश खड्कासहितका व्यक्ति पक्राउ परेपछि प्रहरीले उनलाई अनलाइन जुवा खेलाउने अर्का ‘हाइप्रोफाइल’ एजेन्टको सूचीमा राखेको थियो।

साधारण आम्दानी गर्ने पिन्टुले पुन-नपुग तीन वर्षमा ‘अनलाइन’ जुवा खेलाएर २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ नेपाली मुद्रा विदेश पठाएको खुलेको छ।

अनलाइन जुवा खेलाउँदा कमिसनस्वरूप उनले डेढ करोड बढी आम्दानी गरे भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले पिन्टुले मेलबेट डट ओआरजी, रुपी बेट, स्काई चेञ्ज, खेल विन, इनडिगो २४ बेटलगायतबाट अनलाइन जुवा खेलाए भनेको छ। तिनीहरूबाट भएको कारोबारबारे अहिले प्रष्ट खुलिसकेको छैन।

अहिले प्रारम्भमा खुलेको ‘वान एक्स बेट’को हो।

‘वान एक्स बेटमार्फत् मात्रै उनले यति कारोबार गर्न सकेको हामीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएका छौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौर भन्छन्, ‘तर, यो रकममा अझै थपिने सम्भावना देखिएको छ।’

सन् २०२० देखि पिन्टु वान एक्स बेटको नेपाली एजेन्ट बनेका थिए। सन् २०२३ सेप्टेम्बरसम्म उनले वान एक्स बेटबाट अनलाइन जुवा खेलाएको कार्यालयका अनुसन्धान अधिकृतहरू बताउँछन्।

‘उनी एक जना एजेन्ट मात्रै भए, वान एक्स बेटसँग जोडिएका नेपालमा हजारौं रहेको बुझिन्छ,’ ती अधिकृतले भने।

उनले ९ वटा बैंक खाताबाट कारोबार गरेको देखिएको छ। ती ९ वटै बैंक खातामा उनले कनेक्ट आइपिएस र इसेवा वालेट चलाएको देखिएको छ। ती खातामा भएको रकम उनले क्रिप्टो करेन्सीमार्फत् विदेश पुर्‍याएको राठौर बताउँछन्।

प्रहरीले पक्राउ गर्दा उनले बोकेको मोबाइल फर्म्याट हानिसकेको भेटिएको छ। उक्त मोबाइल अनुसन्धानका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

प्रयोगशालाबाट उनको मोबाइलका एप्सहरू रिकभर हुन सक्ने र त्यहीँबाट उनले कति मानिसलाई जुवा खेलाए भन्नेबारे खुल्ने राठौरले बताए।

पिन्टुले क्रिकेट, फुटबललगायत विश्वव्यापी रुपमा हेरिने प्रतियोगिताहरूमा ‘सिक्वेन्स’ मिलाएर जुवा खेलाएको प्रहरीको दाबी छ।

वान एक्स बेटमा जुवा खेलाएको उक्त रकम रसिया पुगेको देखिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी बताउँछन्।

वान एक्स बेट रसियन कम्पनी हो। त्यो कम्पनीमा संसारभरका मानिस जोडिएको प्रहरी बताउँछ।

‘उनी आफू कसरी वान एक्स बेटमा जोडिए अनुसन्धान भइरहेको छ, उनले आफूले धेरै कुरा बताएका छैनन्,’ रेग्मीले भने।

उनले अनलाइन जुवा खेलाएको रकम क्रिप्टो करेन्सीबाट विदेश पुर्‍याएको रेग्मी बताउँछन्।

नेपालको कानुनले जुवा खेल्न प्रतिबन्ध लगाएको छ। भारतमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध छैन। भारतमै क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ।

नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ। पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको दुई वर्ष भयो। तर, अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।

नेपालमा जुवा खेलाएबापत् वान एक्स बेटले एजेन्टलाई ७ देखि १० प्रतिशत रकम कमिशनस्वरुप दिने गरेको छ। आफ्नो खातामा जम्मा भएको रकम पिन्टुले कमिशन कटाएर क्रिप्टोमार्फत् रसिया पुर्‍याएको प्रहरी बताउँछन्।

पछिल्लो समय नेपालमा इस्क्रिल, बाइनान्स, कोइनबेस, प्याक्सफुल, कोइनडिसिएक्सलगायत विदेशी एपका प्रयोगकर्ता बढेका छन्। तिनका माध्यमबाट डलर खरिद-बिक्री र विनिमय हुने गरेको छ।

एपमार्फत् विनिमय भएको डलर अनलाइन बेट्स (जुवा) मा प्रयोग भएपछि यो कारोबार देशको बिग्रँदो अर्थतन्त्रमा थप चुनौती बनेको छ।

नेपालमा क्रिप्टो करेन्सी झन्डै पाँच वर्षदेखि मौलाएको पाइएको छ। यसमा नेपालका पाँच लाखभन्दा बढी मानिसहरू संलग्न छन् भन्ने आँकलन गरिएको छ।

क्रिप्टो अर्थात गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ।

क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ।

‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ ती अनुसन्धान अधिकृत भन्छन्।

अहिले विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा त क्रिप्टो करेन्सी झन् ठूलो चुनौती भएर आएको राष्ट्र बैंकको बुझाइ छ।

राजश्व अनुसन्धान विभागको टोलीले २०७८ पुसमा काठमाडौं-५ कालोपुलबाट कैलाली लम्कीचुहा नगरपालिका-१० का दिनेश खड्कालाई पक्राउ गरेको थियो।

प्रारम्भिक रूपमा डलरको गैरकानुनी विनिमय गरेको देखिएपछि कालोपुल गुरुङ टोलमा बस्ने खड्कालाई विभागको टोलीले पक्राउ गरेको थियो।

यसक्रममा उनीसँगै अनिता धिताल, भगवती खड्का र बरहादुर खड्का कारोबारमा जोडिएका थिए। भगवती दिनेशकी दिदी, नरबहादुर बुवा र अनिता केटी साथी थिइन्।

खड्का, उनका बुवा, दिदी र अनिताविरूद्ध डलर अपचलनको मुद्दा लागेको थियो। तर, उच्च अदालत पाटनबाट खड्का धरौटी छुटे।

विभागको अनुसन्धान अनुसार दिनेशको खाता ग्लोबल बैंकमा देखिएको छ। उनले १३ जुलाई २०२१ बाट त्यो खातामा कारोबार गरेको देखिन्छ। यो कारोबार २९ डिसेम्बर २०२१ सम्म चलेको थियो।

सञ्चालनमा आएको ६ महिनामै दिनेशको खातामा ९ करोड ७९ लाख ९८ हजार ६८१ रुपैयाँ कारोबार भएको देखिन्छ।

अनिताको नाममा लक्ष्मी, सानिमा, मुक्तिनाथ र ग्लोबल आइएमई बैंकका खाता देखिएका छन्। ती सबैमा गरी ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ कारोबार भएको देखिएको थियो।

भगवतीको नाममा एनआइसी एसिया र ग्लोबल आइएमई बैंकमा गरी २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ जम्मा गरेको देखिएको थियो।

बुवा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकको खातामा १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ राखेको देखिएको देखिएको थियो।

कारोबार हेर्दा उनले हालसम्म ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको ३१ लाख २७ हजार ८९६ रुपैयाँको डलर विनिमय गरेको देखिएको थियो।

नेपालमा क्रिप्टो करेन्सीको सबैभन्दा ठूलो कारोबार खड्काले गराएको दाबी प्रहरीको थियो। गत असारमा फेरि खड्कालाई प्रहरीले वान एक्स बेटमा अनलाइन जुवा खेलाएर क्रिप्टोमार्फत् करोडौं कारोबार गरेको आरोपमा  पक्राउ गरेको थियो।

खड्काले अहिलेसम्म ९५ करोडमाथिको कारोबार गरेको खुलेको छ। उनले जम्माजम्मी एक वर्षको अवधिमा उक्त कारोबार गरेका हुन्।

यो कारोबार गर्न उनले विभिन्न व्यक्तिका १०५ वटा खाता प्रयोग गरेको पाइएको छ। खड्का वान एक्स बेट तथा अवैध क्रिप्टो करेन्सी कारोबारीका मुख्य एजेन्ट रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

खड्कापछि पिन्टुलाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित: २०८० असोज २१ गते आईतबार ०३:१०
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना