२०८३ कार्तिक ११ गते मङ्गलबार

फेरि जाग्दैछ ठमेल, व्यवसायी खुशी

 |  रासस
Sanket

रासस

काठमाडौँ, असोज २२
Nepal, Kathmandu
रात्रिकालिन ठमेल।

काठमाडौं : शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यससँगै व्यवसायीमा खुशी छाएको छ।

विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरू आर्थिक समस्यामा परेका थिए।  पर्यटकीय याम शुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ।

स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्किँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउँछन्।

‘अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना छन्’, थापाले भने।

ठमेलमा डेढ दशकदेखि पुस्तक पसल सञ्चालन गरिरहेका किरणदेव घिमिरे पनि पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन्। ‘पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटक देखिन थालेका छन्’, उनी भन्छन्। अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएको ठमेलका बिग्रेका सडक मर्मत नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनी बताउँछन्।

लामो समयदेखि ठमेलमा कपडा व्यापार गर्दै आएकी सीताराम रेग्मी ठमेलमा पर्यटकीय चहलपहल बढे पनि व्यापार भने नबढेको बताउँछन्। ‘गत वर्षका तुलनामा यस वर्ष ठमेलमा कपडा व्यापार घटेको छ’, उनी भन्छन्। पर्यटकको गतिविधि बढेसँगै ठमेलका होटलमा समेत विदेशी पाहुना भरिन थालेका छन्। ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुयाल शरद ऋतुका लागि एक महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउँछन्।

ठमेलस्थित काठमाडौं एक होटलका सञ्चालक सहदेव धमला पछिल्लो समय छोटो समयका लागि पर्यटक ठमेल घुम्न आउँदा ठमेलभित्रका व्यवसायीको सोचेजस्तो व्यापार हुन नसकेको बताउँछन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहनुभएका धमला विदेशी पर्यटकलाई ठमेलमा कसरी लामो समय राख्न सकिन्छ भन्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको उनले बताए।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भने ठमेलका गल्लीमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन्। ‘पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद् लागेको छ’, उनले भने।

रातको समयमा ठमेलभित्र हुने भिडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उनको भनाइ छ। परिषद्ले ठमेलभित्र यत्रतत्र छरिएका तार व्यवस्थापन गर्नेदेखि सीसी क्यामरा जडान र खाल्डो परेका सडक पुर्न सरोकारवाला निकायसँग सहकार्य समेत गरिरहेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२३ को नौ महिनामा छ लाख ९२  हजार तीन सय ७२ विदेशी पर्यटक नेपाल आएका छन्। यसमध्ये सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटक नेपाल आएका छन्। सेप्टेम्बर महिनामा नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय पर्यटक नेपाल आएका छन्। यस्तै, चिनिया पर्यटक आठ हजार १७४, अमेरिकी पर्यटक सात हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यसैगरी, बंगलादेशबाट तीन हजार सात सय १६, बेलायतबाट तीन हजार ६४०, श्रीलङ्काबाट तीन हजार ११ , जर्मनीबाट दुई हजार ८५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार ७३४ पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको बताउँछन्। ‘नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारत र चीनका पर्यटकलाई  लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ’, उनी भन्छन्।

विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहजरूपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उनी बताउँछन्। नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२२ मा छ लाख १४ हजार १ ४८ पर्यटक नेपाल भित्रिएका थिए।

प्रकाशित: २०८० असोज २२ गते सोमबार ०९:०२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...

जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेट आउछः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना