काठमाडौँ- स्थानीय तह कर्मचारीले सडकमा बसेर विरोध गरेका छन्।
स्थानीय तह कर्मचारी संघर्ष समितिको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा कर्मचारीहरूले सडकमा बसेर विरोध प्रदर्शन गरेका हुन्।
नयाँबानेश्वर माइतीघर सडकखण्डको बिजुलीबजार क्षेत्रमा सडकमा बसेर प्रदशन गरेका छन्।
सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकप्रति असन्तुष्टि जनाउँदै ९ दिनयता स्थानीय तहका कर्मचारी आन्दोलित छन्।
अघिल्लो सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने व्यवस्थालगायतका माग राखी उनीहरू आन्दोलित भएका हुन्।
संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ।
संघर्ष समितिका संयोजक दीपक गौतमकाअनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन्।
तस्बिरहरू







]

