२०८३ कार्तिक ११ गते मङ्गलबार

सौतेनी हजुरआमाको हत्या गरेर भागेका चापागाईं जब साधु भेषमा मन्दिरमा भेटिए …

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
toyanath-chapagai1-1696949927

काठमाडौं-   १९ वर्षअघि सौतेनी हजुरआमाको हत्या गरेर फरार भएका व्यक्ति साधुको भेषमा समातिएका छन्।

भरतपुर महानगरपालिका-२८ का ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईंलाई प्रहरीले दुई दिनअघि नवपरासी पश्चिम बर्दघाट नगरपालिका-४ बाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनी त्यहाँको शिव मन्दिरमा साधुको भेषमा बसिरहेको बेला पक्राउ परेका हुन्।

२०६१ साल मंसिर १४ गते उनले भरतपुर महानगरपालिका-७ की ६५ वर्षीया मनकुमारी वाग्लेको हत्यापछि चापागाईं फरार थिए।

राति सुतेको अवस्थामा चापागाईंले बाँसको लौरो र ढुंगाले टाउकोमा प्रहार गरी वाग्लेको हत्या गरेका थिए।

हत्यापछि वाग्लेले कानमा लगाएको गरगहना लुटेर घरको ढोकामा साँचो लगाई चापागाईं फरार भएका थिए।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको विशेष सूचनाका आधारमा उनलाई असोज २२ गते अपराह्न मन्दिरबाट पक्राउ गरिएको पण्डितले बताए। चापागाईंलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

अविवाहित चापागाईं हत्या भएको बखत २४ वर्षका थिए। यो बीचमा उनी कहाँ गए, कहाँ बसे प्रहरीले पत्ता लगाउन सकेको थिएन।

जब उनी मन्दिरमा भेष बदलेर बसिरहेको प्रहरीले जानकारी पायो, त्यसपछि खोजीमा जुट्दा चापागाईं साधु भेषमा फेला परे।

पण्डितका अनुसार चापागाईं हत्यापछि साधुको भेषमा कहिले भारतको बृन्दावन, मथुरा बस्थे। कहिले नेपालमा आएर त्रिवेणी, सिद्धबाबा, दाउन्नेका मन्दिरहरूमा बस्ने गरेका थिए।

‘कहिले पुजारी, कहिले माग्नेको भेषमा हिँड्ने गरेका उनी प्रहरीबाट जोगिँदै हिँडेका थिए,’ पण्डितले भने।

यो सूचना पाएपछि केही दिनअघि प्रहरी दाउन्ने पुगेको थियो। चापागाईं दाउन्ने देवी मन्दिरमा प्राय: बस्ने गर्थे।

तर, त्यसबेला उनी सिद्धबाबा मन्दिर गएका रहेछन्।

‘कहिले वृन्दाबन, स्वर्गद्वारी, जता जाँदा आफू जोगिन्छु भन्ने लाग्थ्यो त्यतै गएको बताउँछन्,’ पण्डितले भने।

मनकुमारी चापागाईंकी सौतेनी आमाकी पनि आमा हुन्। मनकुमारीकी बुहारी सुमित्रा वाग्लेले प्रहरीमा जाहेरी दिएकी थिइन्।

उनको जाहेरीमा तोयानाथ बेला–बेलामा घरमा आउने गरेको खुलेको छ। आफ्ना बाबु र सौतेनी आमाले आफू र आफ्नी आमालाई हेला गरेको उनले प्रहरीलाई बताएका छन्।

त्यसमाथि सौतेनी आमाकी आमा मनकुमारीको व्यवहारले आफू दिक्क भएको उनले बताएका छन्। तोयानाथले मदिरा सेवन गरेर मनकुमारीको हत्या गरेको स्वीकार गरेका छन्।

‘सौतेनी व्यवहारका कारण घटना गराएको उनले बताइरहेका छन्,’ पण्डित भन्छन्।

घटना भएको राति उनी मदिरा सेवन गरेर मनकुमारीको घर पुगेका थिए।

‘मदिराको सुरमा रहेका चपागाईंले घरमा एक्लै देखेपछि रिस उठेर हत्या गरेको बताएका छन्,’ पण्डितले भने।

चापागाईंलाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको पण्डितले बताए।

प्रकाशित: २०८० असोज २४ गते बुधबार ०९:५३
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना