२०८३ कार्तिक १५ गते शनिवार

सुदूरपश्चिम : रावललाई एक्ल्याउन भण्डारी समूह पनि ओली कित्तामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
kp-oli-bhim-rawal
एमाले अध्यक्ष केपी शर्मा ओली र गत महाधिवेशनमा उनीसँग चुनावी प्रतिस्पर्धा गरेका भीम रावल। चुनावमा प्रतिस्पर्धा गरेपछि यी दुई नेताबीचको सम्बन्ध सौहार्द छैन। तस्बिर : एमाले सचिवालय

धनगढी– मंगलबार राति अबेरसम्म भएका छलफलले पनि सहमतिमा नेतृत्व छान्ने विषय टुंगो लगाउन नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति चुन्न निर्वाचन कार्यक्रम संशोधन गरी प्रकाशन गरिएको थियो। तर एमाले अध्यक्ष ओलीले निर्वाचनबाट नेतृत्व छान्ने कार्यक्रमलाई उचित ठानेनन्।

त्यसपछि महाधिवेशनस्थलमा रहेका महासचिव शंकर पोखरेललाई सर्वसम्मत गराउन पुन: निर्देशन गरे। निर्वाचन कार्यतालिका फेरि भाँडियो।
यसअघि पनि सहमतिका लागि भन्दै कार्यतालिका संशोधन गरिएको थियो।

मंगलबार राति अबेरसम्म सहमतिका लागि भएका सबै प्रयास विफल भएका थिए। तर मंगलबार बिहान भने एकाएक चामत्कारिक परिवर्तन भयो। एमाले सुप अध्यक्षका लागि चुनावी कार्यक्रममा जान चट्टानी अडान लिएर बसेका कमल तिमिल्सिना एकाएक ब्याक भए। कृष्णप्रसाद जैसीलाई सर्वसम्मत बनाउने नाममा उनी ब्याक भएका हुन्।

तिमल्सिना ब्याक हुनुको पछाडिको पक्ष भने दामोदर भण्डारी फ्याक्टर मुख्य कारण हो। दामोदर भण्डारी पक्ष पनि भीम रावललाई एक्लो पार्नका लागि ओली पक्षका उम्मेदवारलाई अध्यक्ष छाडेर भागबन्डामा जान तयार भएपछि तिमल्सिनाको चुनावी दौड टुंगिएको हो। उनले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

आफूलाई एक्ल्याउने प्रयास भइरहेको कुरा भीम रावलले केही समय अघि पत्तो पाएका थिए। सुरुमा तिमल्सिनाको समर्थनमा उभिने निर्णय गरेका उनले उम्मेदवारको मनोनयन गर्ने बेलासम्ममा नयाँ उम्मेदवार खडा गरे। रावलले भरत साउदलाई निर्वाचनमा उठाउने निर्णय गरेका हुन्।

अन्ततः चुनाव ओली भर्सेस रावलको स्थितिमा पुग्यो। रावललाई एक्लो पार्नका लागि तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएका हुन्। यद्यपि ओली समूहले रावल पक्षका साउदको पनि उम्मेदवारी फिर्ता गराएर जैसीलाई सर्वसम्मत बनाउने कोसिस गरिरहेको छ। तर रावलको बलियो साथ पाएका साउदले उम्मेवारी फिर्ता नलिने अडान लिएका छन्।

साथै भीम रावल समर्थित प्रतिनिधिहरू भने आफ्नो समूहलाई निषेध गर्ने गरी अभ्यास भइरहेको भन्दै अध्यक्षको प्यानलसहित मतदानमा जाने तयारीमा छन्।

आफूहरूले प्यानल तयार गरिसकेको तर जैसी पक्षका नेताहरू सहमतिका लागि दबाब दिइरहेको रावल पक्षका साउदले जानकारी दिए। ‘नेताहरू सहमतिका लागि दबाब दिइरहनु भएको छ,’ उनले भने, ‘पदाधिकारीमा हामीहरूको प्यानललाई पनि सहभागी गराउने भए हामी त्यसका लागि तयार छौँ। तर त्यस्तो हुने सम्भावना कम छ।’

आफूहरूको समूहलाई एक जना सचिवसहित कम्तीमा दुई पदाधिकारी दिनुपर्ने साउदको अडान छ। उता जैसी पक्ष भने साउद समूहलाई पदाधिकारीमा कुनै पनि पद दिने पक्षमा छैन।

यस्तै माओवादीबाट एमालेमा गएका लेखराज भट्ट वचनबहादुर सिंहलाई अघि सारेका छन्। तर उनीलाई फिर्ता गराउने तयारी भइरहेको छ।

अधिवेशनले १५५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ। एमाले सुदूरपश्चिममा ६५७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

एमालेले असोज महिनाभरिमा प्रदेश अधिवेशन गरिसक्ने योजना बनाएको छ। लुम्बिनी, बागमती, कर्णाली र कोशी चुनावबाट नेतृत्व छानिएको छ। उपत्यका विशेष प्रदेशमा भने प्रेम पराजुली सर्वसम्मत अध्यक्ष छानिए।

प्रकाशित: २०८० असोज २४ गते बुधबार १२:१४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना