काठमाडौं- इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई कर्णाली प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
इजरायलमा ज्यान गुमाएका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।मन्त्री जिसीका अनुसार प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ ।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परि कर्णालीबाट शारदा नगरपालिका–३, सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो ।


