२०८३ कार्तिक १५ गते शनिवार

मधेशमा एमालेको अध्यक्ष बन्न ४ आकांक्षी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
uml_madhesh

धनुषा- नेकपा (एमाले)को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ।

उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाका छन्।

वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता प्रतिस्पर्धामा उत्रिएका हुन्।

उद्घाटनसत्र पश्चात् बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेको पार्टीका केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

त्यसैगरी सचिवका लागि सोमप्रसाद शर्मा, लक्ष्मीनारायण यादव र आरती भण्डारी आकांक्षी हुनुहुन्छ। प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माका अनुसार गएराति अबेरसम्म सहमतिमा नै नेतृत्व चयन गर्न छलफल भएको र अहिले बिहान पुनः ७ बजेदेखि छलफल भइरहेको छ।

छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेश इन्चार्ज योगेश भटृराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोलगायत पोलिटब्यूरो सदस्य छलफलमा सहभागी हुनुभएको राससलाई बताए।

प्रचार विभाग प्रमुख शर्माले अन्तिम समयसम्म सहमतिकै लागि पहल हुने बताए।

सचिव भट्टराईले मधेस प्रदेशको नेतृत्वका लागि चार नेता अकांक्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको र पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयास भइरहेको उनले बताए।

सचिव भटृराईले सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने जानकारी दिए।

जनकपुरधाम तिरुहतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा भइरहेको प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना निर्वाचित हुने छन्।

प्रदेश कमिटिमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाती र खुल्ला भूगोलबाट प्रतिनिधित्व गरिने भएको छ।

उत्त प्रदेशको आठ जिल्लामा चार/चारवटा निर्वाचन क्षेत्रबाट २० सदस्य र सङ्गठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ। अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार शुभारम्भ गरेका थिए।

प्रकाशित: २०८० असोज २५ गते बिहिबार ०१:३०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना