काठमाडौं– नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डल सर्वसम्मत चयन भएका छन् । उनीसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।
मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।


