चितवन- चितवनमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ।
माडी नगरपालिका-९ कृष्णनगर बस्ने २८ वर्षीय विकल्प सुवेदीको करेन्ट लागेर बिहीबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरनजिकै रहेको बारीमा घाँस काट्ने क्रममा जनावरलाई छेक्नको लागि जडान गरिएको विद्युतीय तारबार करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
उनको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


