काठमाडौँ- ब्रान्डेड सामानको केन्द्र मानिने राजधानीको दरवारमार्ग यसपालि सुनसान छ।
दशैंतिहारअघिको समयमा भिडभाड हुने गरेकोमा यसपालि बजार सुनसान भएको एक व्यापारी बताउँछन्।
दसैंतिहार जस्ता चाडपर्वको समयमा विभिन्न ब्रान्डहरुले ‘फेस्टिभ अफर’ ल्याएका छन्।
आर्थिक मन्दीको असर ब्रान्डेड बजारमा परेकाले यसपालि चहलपहल निकै कम भएको व्यापारीको अनुभव छ।
उच्चवर्गका र शौखिन व्यक्तिहरू ब्रान्डेड बजारका ग्राहक हुन्।

















