२०८३ कार्तिक १५ गते शनिवार

शेखरलक्षित विश्वको ‘थ्रेड’ : सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिन हुन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
Bishwaprakash-sharma

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार एक्समा थ्रेड लेख्दै उनले यस्तो उल्लेख गरेका हुन्।

कोशी घटनालाई आगोको झिल्को नभनी उनले त्यसलाई डडेलो बन्न नदिन संयम र परिपक्व हुन पनि आग्रह गरेका छन्। ”कोशी घटना’ लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं,’ नेता कोइराला समूहप्रति लक्षित गर्दै उनले लेखेका छन्।

‘गणितीय जटिलता’का कारण कांग्रेस गठबन्धन गर्नुपर्ने अवस्थामा पुगेकाले त्यसका राम्रानराम्रा सबै पक्षलाई पनि आत्मसाथ गर्नपर्ने उनको भनाइ छ। कोशीको समस्या समाधान गर्न एमालेसहितको समाधान खोज्न महामन्त्रीहरुले कांग्रेसमा प्रस्ताव गरेको पनि उनले सम्झिएका छन्।

‘काँग्रेस, माओवादी र ‘एस’को गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो। काँग्रेसको संस्थागत निर्णय पनि यही हो। पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं। तर पार्टीको संस्थागत निर्णय मान्यौं,’ उनले भनेका छन्।

अर्को गठबन्धन बनाउन सकिने तर यसपालि कांग्रेसको संस्थागत निर्णय नस्वीकारिएको उनको भनाइ छ। यद्यपि यसपालि संस्थागत निर्णयलाई नै चुनौती दिने काम भएको उनको भनाइ छ।

‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं। सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन। तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न,’ उनको भनाइ छ।

सल्लाहले ‘डिभोर्स’ गर्न मिल्ने तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु नहुने उनको भनाइ छ।

उनको थ्रेड जस्ताको तस्तै:
‘कोशी घटना’ लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं ! ‘गणितीय जटिलता’ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- ‘कोशिमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर।

‘काँग्रेस, माओवादी र ‘एस’को गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो। काँग्रेसको संस्थागत निर्णय पनि यहि हो। पुस १० मा टुटेपछी विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं। तर पार्टीको संस्थागत निर्णय मान्यौं।

यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं। सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन। तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न।

सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न। ‘पुस १०’ पनि नबिर्षौं।

माओवादीको यक्ष प्रश्न- कोशीमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, काँग्रेसलाई दुइपटक ‘ब्ल्याङ चेक’ दियौं। तेस्रोपटकमा हामीले किन नपाउने?

काँग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ?

कोशी ढुक्कै काँग्रेसको भागमा,कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन। सबै प्रदेशमा आलोपालो हुने हो। परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ।

गठबन्धन कि गर्नुहुन्न,गरेपछि राम्रो-नराम्रो सबै ब्यहोर्नुपर्छ। एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ।

सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो। गणितनै त्यस्तो छ- एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन। यस्तो बेला नेतृत्वले निरन्तर संवाद मार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ।

अनि जरुरी छ गम्भीर आत्मसमिक्षा !

व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न ‘फरक विचार समुहको नेता’ले आफ्नै समुहभित्र ‘साझा मत’ खोज्नुभयो। थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्न।

जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस्। हामी बदलिन तयार छौं। पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ।

प्रकाशित: २०८० असोज २८ गते आईतबार ०८:३७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना