काठमाडौँ- काठमाडौंको मैतिदेवी मन्दिर दशैंको आगमनसँगै झिलिमिली बत्तीहरुद्वारा सजाइएको छ। मन्दिर र त्यसक्षेत्रलाई झकिझकाउ बनाइएको छ। बत्तीहरुद्वारा सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइन्छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।











