२०८३ कार्तिक १५ गते शनिवार

नेपालमा दलाल पुँजीपति वर्ग हावी भयो : बिजुक्छे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
narayenman

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताएका छन्।

भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालिको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएको बताए।

उनले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारी चालकलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५–२० मिटर टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उनले सदनमा व्यवसायी पुग्न सके सम्बन्धित व्यवसायको हितमा ऐन कानुन निर्माण गर्न सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताए।

पार्किङको लागि भक्तपुर नगरपालिकाले ठाउँठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उनले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशी बैङ्कमा पैसा राख्न नहुने धारणा राखे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ को विनाशकारी भूकम्पमा भक्तपुर नगरको भग्नावशेष व्यवस्थापनमा भक्तपुरका ट्रक व्यवसायीले अतुलनीय सहयोग गरेको स्मरण गर्दै व्यवसायी सङ्घले चालक, सहचालकलाई सवारीसाधन प्राविधिक पक्ष, सवारी चालक अनुमति पत्रको लागि आवश्यक तालिम, सवारीसम्बन्धी ऐन, नियम र ट्राफिक प्रहरीसम्बन्धी ऐन, नियमका बारेमा जानकारी गराए दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने बताए।

भक्तपुर नगरपालिकाले तीन स्थानमा पार्किङ निर्माण गरिरहेको र एक स्थानमा निर्माणको तयारी गरिरहेको जानकारी उनले दिए।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले यातायातको व्यवस्थापनका लागि केही नीतिगत समस्या रहेको औँल्याउँदै यातायात क्षेत्रको दायरा बढेको परिवेशमा पुराना कानुनले सम्बोधन गर्न नसकिने भएकाले समय सापेक्ष परिमार्जन गर्नुपर्ने बताए। उनले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने र त्यसका लागि विभागले काम गर्ने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीको समस्या सरकारसमक्ष राख्दा पनि सरकारले गम्भीरतापूर्वक नलिएको गुनासो गरे।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सवारी चालकको गतिविधि व्यवस्थित गर्न सङ्घ, प्रदेश, स्थानीय तह तथा व्यवसायी र सरोकारवालाबीच समन्वय हुनुपर्ने बताए।

कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोराले व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: २०८० असोज २९ गते सोमबार ०९:४८
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना