काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरूमा चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोसी, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


