काठमाडौँ- रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहले पद गुमाएकी छन्।
मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जानकारी दिएको हो।
साह २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।
उनले दलत्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गुमेको आयोगको सूचनामा उल्लेख छ।
अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन्।
साह प्रभु साहकी श्रीमती हुन्।
प्रभुले एमाले छाडेर आम जनता पार्टी गठन गरेका थिए।
पतिसँगै मेयर साह पनि आजपामा आबद्ध भएकी हुन्।
उनी आजपामा सक्रिए भएपछि एमालेले आयोगमा उजुरी दिएको थियो।



