बाँके – बाँके खजुरा गाउँपालिका-७ जेठी नालास्थित सडकमा स्कुल बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा खजुरा गाउँपालिका-६ सिमघारीका १२ वर्षीय दीप नेपाली रहेका छन्।
ना४ख ६५१ नम्बरको स्कुल बस सडकबाट करिब १५ मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना उनी गम्भीर घाइते भएका थिए।
उनको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जनामध्ये सोही अस्पतालमा उपचारपछि पाँच जना डिस्चार्ज भएका छन्। एक जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज पठाइएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


