काठमाडौं- नेपाली कांग्रेस परित्याग गरी कास्की कांग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन्।
कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।
पोखरामा व्यवसाय र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य थिए।
कांग्रेसको बाह्रौं महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचन समेत लडेका थिए।
प्रवेशसँगै उनी राप्रपा नेपालको महामन्त्री बनेका छन्।
महामन्त्री पदमा मनोनयन गरेपछि अध्यक्ष थापाले उनलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने विश्वाससमेत लिएको बताएका छन्।
दसैंलगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


