काठमाडौँ- दसैँको माहोलले धेरैलाई उत्साहित बनाएको छ। आफन्तहरू आफन्त भेट्न सहर र गाउँमामा पुगिरहेका छन्। तर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा उमंग कम छ, भावुकता बढी छ।
दसैँको सबैभन्दा महत्वपूर्ण दिन टीका आउन अब चार दिनमा मात्र बाँकी छ। तर केही मानिसहरू कामविशेषले आफन्त छोडेर परदेश प्रस्थान गर्दैछन्। दसैँको महत्वपूर्ण दिनमा परिवारबाट टाढा हुनुपरेको पीडा प्रस्थान कक्षमा पोखिइरहेको छ।
बालकदेखि प्रौढ र वार्धक्य उमेरका व्यक्तिहरूलाई परिवारबाट छुट्टिनु परेकोमा पीडा छ। दसैँको आगमनले त्यसलाई थप उद्दीप्त बनाएको छ। छुट्टिनुको पीडालाई पुनर्मिलनको ठूलो आशाले केही न केही मल्हमपट्टि गर्नुपर्ने हो, तर आभास नगण्य छ।
तस्बिरहरू:












\



